arrow

काठमाडौं विश्वकै प्रदूषित शहर: अब प्रदुषणबाट कसरी जोगिने ? (हेरौं भिडियो)

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २ बिहिबार
garima shartha.jpg

काठमाडौं । लगातार ११ दिनदेखि काठमाडौं शहर विश्वकै प्रदूषित शहर बनिरहेको छ । आईक्यूएयरडटकम का अनुसार काठमाडौं लगातार दुई सातादेखि विश्वको नम्बर एक प्रदूषित शहर बनेको हो ।

यसको असर काठमाडौं उपत्यकामात्र होइन पोखरा, हेटौंडा लगायतका मोफसलका शहरहरुमा पनि परेको छ ।

मौसममा आएको खरावीका कारण पनि अहिले पनि काठमाडौं सर्वाधिक प्रदूषित हुन पुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चैत १० गतेपछि निरन्तर रुपमा नेपालमा डढेलो लागेका कारण पनि प्रदूषण थप बढ्दै गइरहेको छ। 

वायु प्रदूषणले स्वाशप्रश्वासमा कठिनाइलगायत विविध स्वास्थ्य समस्या देखा पर्नसक्ने भएकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कनै पर्ने अवस्था भए मास्कको प्रयोग गर्न आग्रह गरेका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रदुषणको प्रमुख कारण वन डढेलो रहेको उल्लेख गरेको छ । वायु प्रदुषणबाट जोगिने उपायबारे प्राधिकरणले भिडियो सन्देश जारी गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ