arrow

दार्चुलामा रुघाखोकी र भाइरल ज्वरोका बिरामी बढे

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७८ वैशाख ३ शुक्रबार
darchula-hospital.jpg

दार्चुला । दार्चुलामा केही दिन यता भाइरल ज्वरोका बिरामीको चाप बढेको छ । मौसम परिवर्तन सँगै रुघाखोकी र भाइरल ज्वरोका बिरामीको चाप बढ्दै गएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ ।

अस्पतालका सूचना अधिकारी डम्मर दत्त भट्टका अनुसार उपचारका लागि दैनिक १ सयको हाराहारीमा बिरामी आउने गरेका छन् । जसमध्ये ८० प्रतिशत बिरामी रुघाखोकी, ज्वरो र घाँटीको समस्या लिएर आउने गरेको उनले बताए ।

यस्तै जिल्लाको गोकुलेश्वर अस्पतालमा समेत भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढेको छ । गोकुलेश्वर अस्पतालमा दैनिक ७० देखि ८० जनासम्म बिरामी उपचारका लागि अस्पताल आउने डाक्टर मियाज अन्सारीले जानकारी दिए । अधिकांश बिरामी भाइरल ज्वरो, आँखा चिलाउने, एलर्जीको समस्या लिएर आउने उनले बताए ।

अहिले ग्रामीण भेगमा एकै परिवारका तीन÷चार जना बिरामी हुन थालेका छन् । सङ्क्रमितमा सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धा रहेका छन् । मौसम परिवर्तन भइरहेकाले मास्क लगाएर हिँड्न, हाछ्यु गर्दा रुमालको प्रयोग गर्न, पानी उमालेर मात्र पिउन र बासी सडे गलेका खानेकुरा नखान स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ