arrow

राष्ट्र बैंकले पाँच अर्ब २० करोडको ट्रेजरी बिल बिक्री गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ६ सोमबार
nepal-rastra-bank.jpeg

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार रु पाँच अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना मार्फत बोलकबोल प्रक्रिया मार्फत ट्रेजरी बिल विक्री गर्न लागेको जनाएको छ । 

सूचना अनुसार रु २० करोड बराबरको ट्रेजरी बिल ९१ दिने अवधिका लागि विक्री गर्न लागिएको छ । सो बिल आगामी साउन ५ गते परिपक्व हुनेछ । 

यस्तै रु पाँच अर्ब बराबरको ट्रेजरी बिल भने कूल १८२ दिनका लागि विक्री गरिने छ । सो बिल भने आगामी कात्तिक २ गते परिपक्व हुनेछ । 

राष्ट्र बैंकले यसअघि गत चैत ३० गते रु २० अर्ब २५ करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ