arrow

कोरोनाको जोखिम बढेपछि बैंक तथा वित्तीय संस्थाहरुमा नयाँ नियम

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ६ सोमबार
bank-final.jpg

काठमाडौं । कोरोना संक्रमणको जोखिम बढेको भन्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आफ्ना सेवालाई सकेसम्म विद्युतीयमाध्यमबाट गर्न गराउन भनेको छ ।

बैंकले सोमबार ९ बुँदे सूचना जारी गर्दै सेवाग्राहीको भिडभाड नहुने र भौतिक दुरी कायम हुने गरी व्यवस्था मिलाई भौतिक आवतजावतसकेसम्म कम हुने गरी विद्युतीय माध्यमबाट गर्न र गराउन प्रोत्साहन गर्न भनेको हो ।

कर्मचारीको हकमा समूहमा विभाजन गरी समूहबीच प्रत्यक्ष सम्पर्क नहुने गरी काम गराउन, रिमोर्ट एक्सेस, वर्क फ्रम होम, सिफ्टमा काम गराउनेलगायतको उपाय अबलम्बन गराउन भनेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ