arrow

बजेटको मुखमा अर्थका ११ सहसचिवको फेरबदल

सरुवा भएको ठाउँमा एक दिन पनि टेकेनन् एक जना सहसचिव

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ वैशाख १० शुक्रबार
finance-ministry-mof.jpg

काठमाडौँ। अर्थ मन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाललाई गत साउन महिनामै सरकारले सुदूर पश्चिम प्रदेशमा सरुवा गरेको थियो, तर उनी एक दिन पनि सरकारले सरुवा गरेको ठाउँमा खुट्टा टेकेका छैनन्। उनी अहिले पनि उक्त महाशाखामै कार्यरत छन्।

जब कि उनीसँग सरुवा भएर प्रदेश गएका सहसचिवहरू फेरि काठमाडौँमा फर्केका छन्। तर उनी अर्थ छाडेनन्। १० महिना सम्म पनि नेपाल सरुवा भएको ठाउँमा हाजिरी गर्न गएका छैनन्। उनी अर्थमा शक्तिशाली कर्मचारीको रूपमा चिनिएका छन्।

अर्थ मन्त्रालयको वैदेशिक सहयता समन्वय महाशाखा आकर्षक महाशाखा मानिन्छ। त्यहाँ जान अर्थका सहसचिवहरू प्रयास गर्छन्। तर यो अवसर नेपालले पाएका छन्। पाल्पा घर भएका नेपाल अर्थमन्त्री विष्णु पौडेलसँग निकट मानिन्छ। अर्थ स्रोत भन्छ, अर्थमन्त्रीसँग निकट भएको कारण उनलाई सिंहदरबार छाड्नु परेको छैन। सिंहदरबार बसे पनि उनले रोजेकै महाशाखा पाएका छन्।

भन्सार विभागबाट केही समय अघि मात्र अर्थ मन्त्रालयमा ल्याइएका सुमन दाहाललाई अर्थको कर्मचारी प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ। बजेटको मुखमै सरकारले अर्थका ११ जना सहसचिवहरूको फेरबदल गरेको छ। फेरबदलमा पर्नेहरूमा थानप्रसाद पज्ञनी पनि परेका छन्। उनलाई सह महालेखा नियन्त्रकका रूपमा खटाइएको छ।

यसै गरी वीरगन्ज भन्सारका प्रमुख महेश आचार्य अर्थ मन्त्रालयमा सरुवा गरिएको छ। वीरगन्ज भन्सार प्रमुखमा सहसचिव सरहको दरबन्दी कायम गरिएको छ। वीरगन्ज बाहेक अन्य भन्सारहरूमा भने भन्सार प्रमुखको दरबन्दी उपसचिव सरहको  छ। आचार्यलाई सरुवा गरे पछि उनको ठाउँमा विश्वप्रसाद अर्याललाई खटाइएको छ।

यसै गरी अर्का सहसचिव अच्युत शिवाकोटीलाई भन्सार जाँच पास कार्यालयको प्रमुख प्रशासक पदमा सरुवा गरिएको छ। त्यतै ईश्वरीप्रसाद अर्याललाई अर्थ मन्त्रालयबाट भन्सार विभागको उप महानिर्देशक पदमा सरुवा गरिएको छ। यसै गरी अर्थका अर्का सहसचिव बाबुराम भण्डारी सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको तालिम प्रमुख पदमा खटाइएको छ। भन्सारका उपमहा निर्देशक भूमिराम शर्मा भने नेपाल राजश्व परामर्श विकास समितिको सदस्य सचिवमा सरुवा भएका छन्।

उमाकान्त आचार्य अर्थ मन्त्रालयबाट सह महालेखा नियन्त्रकमा पदस्थापन भएका छन्। यस अघि उनी वन मन्त्रालयमा कार्यरत थिए। वनमै हुँदा उनी उपसचिवबाट सहसचिवमा बढुवा भएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ