arrow

उपत्यकाका सिडियो कार्यालयबाट दिइने अत्यावश्यक बाहेकका सेवा सोमवारबाट बन्द

logo
हाम्राकुरा संवाददाता
प्रकाशित २०७८ वैशाख १२ आइतबार
CDO-Office-KTM.jpg

काठमाडौं । उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेका छन् । 

आइतबार बसेको तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले कोरोना महामारीको बढ्दो जोखिमका कारण अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरेको हो । 

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले  प्रशासन कार्यालयबाट हुँदै आएका नयाँ नागरिकता प्रमाणपत्र र प्रतिलिपि वितरण, राहदानी बनाउने काम पत्रपत्रिका तथा संघ संस्था दर्ता, राष्ट्रिय परिचय पत्रका लागि हुँदै आएको नाम दर्ता गराउने लगायतका काम एक साताका लागि बन्द गरिएको जानकारी दिए । 

उनका अनुसार शान्ति सुरक्षाका मुद्दा, ठाडो निवेदन लगायतका विषयसहित दैनिक रूपमा गरिनु पर्ने अत्यावश्यक सेवाका काम मात्रै यस बीचमा प्रशासन कार्यालयबाट प्राप्त हुनेछन् । यो निर्णय सोमबारदेखि लागू हुने प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ