arrow

संक्रमण देखिएपछि कावासोतीका विद्यालयहरू शुक्रवारसम्म बन्द रहने

logo
सञ्जय भट्टराई,
प्रकाशित २०७८ वैशाख १२ आइतबार
nagar-karyalaya-kawasoti.JPG

कावासोती । विद्यालय स्तरमै कोरोना संक्रमण देखिन थाले पछि कावासोती नगरपालिकाका विद्यालयहरू शुक्रवार सम्म बन्द हुने भएका छन् ।

आइतबार बसेको नगर स्तरीय  विपत् व्यवस्थापन समितिले विद्यालयहरू शुक्रवार सम्म बन्द गर्ने निर्णय गरेको नगर स्तरीय विपत् व्यवस्थापन समितिका सदस्य शारदाप्रसाद अधिकारीले जानकारी दिएका छन्  ।

कावासोती नगरपालिकाको वडा नं २ मा रहेको शिव मा.वि मा कक्षा १० मा पढ्ने विद्यार्थीमा गत बिहीबार कोरोना संक्रमण देखिए पछि विद्यालयहरू बन्द गर्नु पर्ने आवाज उठेको थियो ।

विद्यालयहरू शुक्रवार सम्म बन्द रहेता पनि २० गते बाट सुरु हुने परीक्षा तालिका भने यावत रहने र परीक्षा सञ्चालन हुने जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ