arrow

गुगल अर्जेन्टिनाको डोमेन एक युवकले पाए दुई पाउण्डमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १४ मंगलबार
google-argentina-buy.jpg

काठमाडौं । गुगल अर्जेन्टिनाको डोमेन नाम एक व्यक्ति ३ पाउण्डमा किन्न सफल भएका छन् । निकोलस कुरोना नाम गरेका ३० वर्षीय वेब डिजाइनर वैधानिक प्रक्रियाबाटै गुगलडटकमडकएआर नामको डोमेन किन्न सफल भएका हुन् ।

काम गरिरहेका बेला उनले आफ्नो ह्वाट्सएपमा अर्जेन्टिना गुगल डाउन भएको सुचना पाएका थिए । सोही क्रममा उनले आफ्नो ब्राउजरमा गुगलडटकमडटएआर सर्च गर्दा डाउन भएको देखे ।

आफूले गुगलको डोमेन किन्न सक्ने कल्पना समेत नगरेको उनी बताउँछन् । त्यति बेला अचानक उनले उक्त डोमेन नाम नेटवर्क इन्फरमेसन सेन्टर अर्जेन्टिना (एनआईसी- जसले त्यहाँको डोमेन नाको जिम्मा लिन्छ)मा गएर गुगलडटकमडटएआर सर्च गरेका थिए ।

यो डोमेन  किन्नका लागि भेटिएपछि उनले तुरुन्तै किने र केही बेरमा गुगलडटकमडटएआरमा उनको आफ्नो डेटा देखियो ।

त्यसपछि अर्जेन्टिनामा गुगल सर्च गर्ने जति सबै उनको डोमेननेममा आइरहेका थिए । आफै चकित परेका उनले यो घटना ट्विटरमा सेयर गरे । छोटो समयमै हजारौंले यो ट्विटलाई लाइक गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्। 

तर, केही समयपछि एनआईसीले यो डोमेन उनीबाट खोसेर अहिले गुगलले नै सञ्चालनमा ल्याइसकेको छ । गुगलले अर्जेन्टिनाको डोमेन नाम नवीकरण नगरेको हुँदा यी युवक किन्न सफल भएका हुन् ।

तर, उनले किनिसकेको डोमेन गुगलले कसरी पाउन सक्यो भन्नेबारे भने जानकारी आइसकेको छैन । उनको २.०८ पाउण्ड समेत उनले फिर्ता पाएका छैनन् । तर, डोमेन भने गुगलले पाइसकेको छ । नवीकरण नगरे पनि यो बर्षको जुलाईसम्मका लागि डोमेन लाइसेन्स भने रहेको गुगलले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ