arrow

काठमाडौंमा वैशाख १६ गतेदेखि हुने निषेधाज्ञामा थप आदेश 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १४ मंगलबार
KTMfinal.jpg

काठमाडौं । कोरोना संक्रमण बढेको भन्दै जिल्ला प्रशासनका कार्यालय काठमाडौंले वैशाख १६ गतेदेखि लागू गरेको निषेधाज्ञामा थप आदेश जारी गरेको छ ।

जारी आदेशमा मृत्यु, संस्कार र बिरामी कुरुवाको रुपमा रुपमा अनिवार्य सहभागी हुनुपर्ने व्यक्तिले अन्य जिल्लामा जानुपर्दा सम्बन्धित व्यक्ति उक्त व्यहोरा खुल्ने कागजात, निवेदन, अस्पतालको कागजात वा स्थानीय तहको सिफारिससहित जिल्ला प्रशासन कार्यालयमा निवदेन दिनुपर्ने उल्लेख छ ।

मंगलबार प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले अत्याश्यक सेवामा केही बुँदाहरु थप गरी आदेश जारी गरेका हुन् ।

त्यस्तै बैंक तथा वित्तिय संस्था, विमा एवम् राष्ट्र बैंकबाट इजाजत प्राप्त वित्तिय कारोबार गर्ने सहकारी संस्थाका कर्मचारीहरुले प्रयोग गर्ने निजी नम्बर प्लेटका सवारी साधनहरु सम्बन्धित कार्यालयको परिचयपत्रका आधारमा आवातजावत गर्न दिने लगायतका बुँदाहरु समेटिएका छन् ।​

काठमाडौं उपत्यकामा यही वैशाख १६ देखि २२ गते मध्यरातसम्म अत्यावश्यक बाहेकका सेवा र यातायात बन्द गरिसकेको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले एक आदेश जारी गर्दै अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरिएको जनाइएको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ