- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । कोरोना भाइरसको महामारी तीव्र गतिमा फैलिएर आतंक मच्याएको भए पनि आशाका किरण त्यत्तिकै बढ्दै गएका छन् । बेलायतको पब्लिक हेल्थ्य इङ्गल्याण्ड (पीएचई) को अनुसन्धानका अनुसार फाइजर या एस्ट्राजेनेकाको भ्याक्सिनको एक डोज जसलाई लगाइएको छ उसको सम्पर्कमा आउने व्यक्तिका घरका सदस्यलाई संक्रमण हुने सम्भावना ५० प्रतिशत कम भएर जान्छ ।
उक्त रिचर्समा जो पहिलो डोज लिएको तीन हप्तापछि संक्रमित भए उनका घरका भ्याक्सिनको डोज नलिने घरका सदस्यमा संक्रमित हुनेको संख्या ३८ देखि ४९ प्रतिशत कम रहेको थियो ।
उक्त शोधमा २४ हजार घरमा ५७ हजार भन्दा अधिक जनासँग तथ्यांक लिएको थियो । जसमा एक संक्रमितलाई लगभग १० लाख भ्याक्सिन नलगाएकाहरुसँग मिलाइयो ।
रिपोर्टका अनुसार परिवारमा सर्ने सम्भावना ज्यादै बढी हुने गर्छ । आवास साझेदारी गर्ने र कैदीहरुमा संक्रमण फैलिने सम्भवना अझ बढी हुने गर्दछ ।
पीएचईको पछिल्लो अनुसन्धानमा अनुमान लगाइयो कि बेलायतमा तीव्र रुपले लगाइएको खोपका कारण मार्चको अन्तिमसम्म १० हजार मृतक कम भए ।
स्वास्थ्य मन्त्री म्याट हेनककले भने, ‘यो निकै राम्रो खवर हो । भ्याक्निसनले नै ज्यान बचाउँछ ।’
यो अनुसन्धानको पूरै तथ्यांक अहिलेसम्म सार्वजनिक गरिएको छैन । (एजेन्सी)