arrow

बौद्ध गुम्बाबाट त्रिकाल बुद्धको मूर्ति चोरियो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १७ शुक्रबार
buddha5.jpg
फाइल तस्विर ।

जाजरकोट । काइके गाउँपालिका-१ टाछिङ खागर बौद्ध गुम्बामा रहेका ऐतिहासिक महत्वका मूर्ति हराएका छन् । मन्दिरमा रहेका त्रिकाल बुद्धका दुई थान मूर्ति हराएको वडाध्यक्ष छिरिङ तन्दुरुप लामाले जानकारी दिए । उपल्लो डोल्पामा बहुमूल्य मूर्तिी हराउने क्रम बढेसँगै चिन्तासमेत बढाएको छ ।
 
तीन/चार सय वर्ष पहिला राखिएका उक्त मूर्ति हराएको अध्यक्ष लामाले बताए । चैत २४ गते स्थानीयवासीले मन्दिरमा पूजा गरेर फर्किएर फेरि मङ्गलबार घेगा पर्वको अवसरमा लिङ्गो चढाउन जाँदा मन्दिरको ढोका खुला देखेर हेर्न जाँदा मूर्ति हराएको पत्ता लागेको अध्यक्ष लामाले जानकारी दिए ।

मूर्ति खोजी गरिदिन प्रशासनसँग स्थानीयवासीले गुहार मागेपछि बुधबार नै प्रहरी घटनास्थलतर्फ पठाएको प्रमुख जिल्ला अधिकारी माधव ढकालले जानकारी दिए ।

बीस वर्ष पहिले पनि यहाँका मूर्तिहरू हराएको तर भोलिपल्टै मन्दिरको नजिकै फेला परेको प्रजिअ ढकालले जानकारी दिए । अहिले हराएका मूर्ति सबैभन्दा ठूलो भएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ