arrow

प्रहरीको सक्रियताले बालविवाह रोकियो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १८ शनिबार
Child-marriage.jpeg
तस्बिर : फाइल

सिन्धुली। जिल्लाको कमलामाई नगरपालिका–२ चियावारिमा हुँदै गरेको बालविवाह प्रहरीको सक्रियतामा रोकिएको छ। बालविवाह हुँदै गरेको थाहा पाएपछि विवाह मण्डपबाटै प्रहरीले दुलहा–दुलहीलाई नियन्त्रणमा लिएको थियो।

दुलाहाको उमेर पुगेको भए पनि दुलहीको उमेर नपुगेको उजुरी प्रहरीसमक्ष आएपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उमेर नपुगेकी दुलही र मकवानपुर जिल्ला बकैया गाउँपालिका–७ का दुलहाबिच शुक्रवार हुन लागेको विवाह रोकिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए।

दुलाहाको विवाह गर्ने उमेर पुगे पनि दुलहीको उमेर नपुगेको पाइएपछि विवाह रोकिएको उहाँको भनाइ छ। “दुलहाको उमेर २५ वर्ष र दुलहीको उमेर १८ वर्ष ६ महिना पुगेको पायौँ”, उनले भने।

दुवै पक्षले केटीको उमेर नपुगी विवाह नगर्ने सहमति गरेपछि दुलहा र दुलही दुवैलाई आ–आफ्नो अभिभावकको जिम्मा लगाएर प्रहरीले पठाएको छ। प्रहरीले बालविवाह रोकेपछि दुलहा पक्ष दुलही नलिई घर फर्किएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ