arrow

जिपी फाउन्डेसन अमेरिकाले पुनः पाँचसय जनालाई कोरोनाविरुद्धको खोप दिलायो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १९ आइतबार
JP-USA.jpg

अमेरिका । गिरिजा प्रसाद कोइराला फाउन्डेसन(जिपी फाउन्डेसन) अमेरिका च्याप्टरले पुनः पाँचसय जनालाई कोरोना भाइरसविरुद्धको खोप दिलाउन सहयोगी भूमिका निर्वाह गरेको छ ।

निरन्तर मानवीय सेवा र सहयोग अन्तर्गत फाउन्डेसनले समुदायका व्यक्तिहरुलाई कोरोनाविरूद्द खोप दिलाउने सिलसिलामा क्विन्स अस्पतालकै आग्रहमा पाँचौपटक क्विन्स हस्पिटल जमैकासँग समन्वय गरी स्वयंसेवकीय भुमीका निर्वाह गरेको हो ।

फाउन्डेसनका कार्यवाहक अध्यक्ष सुवर्ण लामा, प्रवक्ता एवं कार्यसमिती सदस्य रामचन्द्र अधिकारी, कार्यसमिती सदस्य ध्रुव क्षेत्री कुँवर, स्वयंसेवीद्वय टेम्बा नुर्वु लामा र तेज सुनार सक्रिय खोप दिलाउने कार्यमा सक्रिय भएका थिए ।

उनीहरुले ५०० जना सेवाग्राहीहरूलाई लाइनमा वसाल्ने, फर्म भराउने, भाषाजन्य सहयोग गर्ने लगायतका मानवीय सहायता गर्न वहाँहरू सक्रिय हुनुभएको संयोजक सोमनाथ घिमिरेले जानकारी दिए ।

अस्पताल प्रशासनसँग समन्वय गरी छुट्टै सहायता डेक्स खडागरी विगत एक महिना देखि फ़ाउन्डेसनले अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको छ।फाउन्डेसनले हालसम्म प्रत्यक्ष रूपमा करिव १५०० जनालाई सहयोग गरेको कुरा प्रवक्ता अधिकारी बताउँछन् ।

फाउन्डेसनको मानवीय सहायताप्रति प्रशन्नता प्रकट गर्दै प्रशासन एवं खोप शाखा निर्देशक सरोजिनी कुमारले फाउन्डेसनको यो सहयोगको हस्पिटल प्रशासनले उच्च मूल्यांकन गरेको र आगामी दिनहरूमा आवश्यक परेको अवस्थामा थप साथ र सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे ।

सो कार्यक्रम गर्न पाएकोमा आफुहरू गौरवान्वित भएको कुरा फाउन्डेसनका प्रवक्ता रामचन्द्र अधिकारीले बताए । फाउन्डेसनका कार्य समिति सदस्य ध्रुव कुँवर क्षेत्रीले आफू सदा सहयोगको लागिपर्ने कुरामा जोड दिंदै सेवा नै धर्म हो भने ।

फाउन्डेसन अमेरिका च्याप्टरका कार्यवाहक अध्यक्ष सुवर्ण लामाले क्विन्स हस्पिटल समुदाय सल्लाहाकार संचालक समितिका अध्यक्ष एवं क्विन्स डेमोक्रेटिक लिडर डा.एन्थोनी एनड्र्युज जुनियर, ग्रेगरी महावी, स्टेफेन मनरो, डा.राव र सरोजीनी कुमार लगायत सम्पूर्ण प्रशासनप्रति धन्यवाद प्रकट गर्दै आफुहरूलाई मानविय सहयोगमा योगदान दिने मौका दिइएकोमा धन्यवाद प्रकट गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ