arrow

बाँकेमा १२ घण्टाभित्र दश कोरोना संक्रमितको मृत्यु

logo
सौरभ गिरी, 
प्रकाशित २०७८ वैशाख २३ बिहिबार
corona-killed-final.jpg

नेपालगन्ज । बाँकेमा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। बुधबार साँझ ६ बजेदेखि बिहीबार बिहान ७ बजे सम्ममा दश जना संक्रमितको मृत्यु भएको कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् ।

ओलीका अनुसार कोरोनाबाट मृत्यु हुनेमा नेपालगन्ज १२ का ४५ बर्षीय पुरुष  रहेका छन्।उनको भेरी अस्पतालमा बुधबार साँझ ६ बजेर २५ मिनेटमा मृत्यु भएको हो। त्यस्तै नेपालगन्ज १० की ७८ बर्षीया महिलाको बुधबार साँझ साढे ७ बजे भेरी अस्पतालमा मृत्यु भएको छ।

त्यस्तै नेपालगन्ज १० का २७ बर्षीय पुरुषको  भेरी अस्पतालमा बुधबार राति १० बजेर २० मिनेटमा मृत्यु भएको ओलीले जानकारी दिएका छन् ।

 त्यस्तै भेरी नगरपालिका ४,जाजरकोटकी ४३ बर्षीया  महिलाको  बुधबार राति ९ बजे भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ भने नेपालगन्ज ४ बाँकेका ५५ बर्षीय पुरुषको बिहिवार बिहान ३ बजे भेरी अस्पतालमा मृत्यु भएको कोरोना फोकल पर्सन ओलीले बताए ।

उता नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत कोहलपुर ५ का ३४ बर्षीय पुरुषको बुधबार राति ९ बजेर ४० मिनेटमा मृत्यु भएको छ।

नेपालगन्ज १० बाँकेका ७८ बर्षीय पुरुषको भेरी अस्पतालमा उपचारका क्रममै बिहीबार बिहान १ बजेर ४० मिनेटमा मृत्यु भएको छ भने भेरी अस्पतालमै नेपालगन्ज १९ का ७७ बर्षीय पुरुषको बिहीबार बिहान साढे ४ बजे मृत्यु भएको छ।

भेरी अस्पतालमै नेपालगन्ज १ का ५८ बर्षीय पुरुषको बुधबार राति १० बजे मृत्यु भएको छ भने नरैनापुर गाउँपालिका १ का ५६ बर्षीय पुरुषको भेरी अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान ७ बजे मृत्यु भएको कोरोना फोकल पर्सन ओलीले जानकारी दिएका छन् ।

यो सँगै बाँकेमा कोरोना मृतकको संख्या १५७ पुगेको छ भने बाहिरी जिल्लाको संख्या १२७ पुगेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ