arrow

सरकार तिमि आर्यघाटमा चिता बनाऊ

logo
भोला नेपाल,
प्रकाशित २०७८ वैशाख २३ बिहिबार
corona-dahasanskar.jpg

तिमि सक्दैनौ 
हो हामीलाई थाहा छ
तिम्रो ध्यान हुनु पर्‍यो नि 
सक्नलाई त 

पहिलो वर्ष 
हामीलाई आतङ्कित बनायौ
एक जना पर्वतमा देखियो रे
कुन्नि को हो अर्को कतै

अहिले जसको परीक्षण गर
उसको पोजेटिभ 
तर तिमि
अहिले अम्बाको पातमा पुग्यौँ 

पोहोर साल 
गुर्जो र बेसार पानीमा
हामी रुमल्लियौ

अहिले तिमि 
फगत विश्वासको मतमा
रुमल्लिएका छौ

नागरिकको जीवनको
तिमिला के मतलब
आफू न जोगिनु छ

आर्यघाटमा श्रद्धाञ्जली दिन
तिम्रा हनुमानहरू 
तयारी अवस्थामा राख

अस्पताल किन बनाउनु
जनता सके गर्छन् 
नसके मर्छन् 

तिमि सक्दा
सत्ता जोगाउ
नभए निर्वाचन

एक पटक अनुरोध गर्छु
सरकार तिमि 
आर्यघाटमा चित्ता बनाऊ



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ