arrow

सिंजामा गाउँपालिका अध्यक्षको गाडी र एम्बुलेन्स कोरोना संक्रमितलाई निःशुल्क 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २४ शुक्रबार
singa.jpg

जुम्ला । सिंजा गाउंपालिकाले आफ्नो गाउंपालिकाका कोरोना संक्रमितहरुको लागि निःशुल्क एम्बुलेन्स संचालन गरेको छ । सिंजा गाउँपालिकाबाट संचालित एम्बुलेन्सले कोरोना संक्रमितहरुलाई निःशुल्क सेवा दिएको छ ।

आफ्नो गाउँपालिका भित्र एउटा एम्बुलेन्सले नपुगेपछि गाउँपालिका अध्यक्षले चढ्दै आएको गाडीलाई समेत एम्बुलेन्सको रुपमा प्रयोग गर्न शुरू गरिएको छ  । जुम्लामा दिन प्रतिदिन कोराना संक्रमितहरुको संख्या बढ्दै गएपछि उनीहरुलाई अस्पतालसम्म लैजानका लागि गाउँपालिकाले निःशुल्क एम्बुलेन्स र गाडी उपलब्ध गराउन थालेको गाउँपालिका अध्यक्ष देवलसिंह रावलले बताए ।

सिंजाबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालसम्म र त्यहाँबाट गाउंसम्म कोभिडका विरामीलाई एम्बुलेन्सले र गाउँपालिकाका गाडीले निःशुल्क विरामी ओसारपोसार गरिरहेका छन् । अहिले सिंजामा तीनजना सक्रिय संक्रमित फेला परेका छन् ।

अघिल्लो वर्ष सबै गाउँपालिकाले रकम उठाएर जिल्ला भरीका कोभिडका विरामीहरुलाई ओसार पोसारका लागि निःशुल्क एम्बुलेन्स संचालन गरेको थियो तर यस पटक भने गाउँपालिकाले आफ्नो एम्बुलेन्स, गाउँपालिकामा रहेका अध्यक्ष चढ्ने गाडप् र अर्को एउटागरी तीन वटा गाडी कोरोना संक्रमणका विरामीहरुको लागि संचालनमा ल्याएको छ ।

कोभिडको विपत्तीमा गाउंपालिकाले गरेको काम निकै उदाहरणीय भएको र अन्य स्थानीय तहले पनि कोरोनाका विरामी वोक्नको लागि निःशुल्क एम्बुलेन्सहरु संचालनमा ल्याउनुपर्ने स्थानीयले माग राखेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ