arrow

संक्रमितका लागि एम्बुलेन्स र गाउँपालिका अध्यक्षको गाडी समेत निःशुल्क

logo
ईश्वरी प्रसाद देवकोटा,
प्रकाशित २०७८ वैशाख २४ शुक्रबार
dewalsing-rawal.jpg
फोटो क्याप्सन : कोरोना संक्रमितहरूको लागि एम्बुलेन्स र आफूले चढ्दै आएको गाडी समेत निःशुल्क सञ्चालनको जानकारी दिँदै सिञ्जा गाउँपालिका अध्यक्ष देवलसिंह रावल ।

जुम्ला । सिञ्जा गाउँपालिकाले आफ्नो गाउँपालिकाका कोरोना संक्रमितहरूको लागि निःशुल्क एम्बुलेन्स सञ्चालन गरेको छ । सिञ्जा गाउँपालिकाबाट सञ्चालित एम्बुलेन्सले कोरोना संक्रमितहरूलाई निःशुल्क सेवा दिएको छ ।

आफ्नो गाउँपालिका भित्र एउटा एम्बुलेन्सले नपुगेपछि गाउँपालिका अध्यक्षले चढ्दै आएको गाडिलाई समेत एम्बुलेन्सको रूपमा प्रयोग गर्न सुरु गरिएको छ । जुम्लामा दिन प्रतिदिन कोरोना संक्रमितहरूको सङ्ख्या बढ्दै गएपछि उनीहरूलाई अस्पताललाई सम्म लैजानका लागि सिञ्जा गाउँपालिकाले निःशुल्क रूपमा एम्बुलेन्स र गाडी उपलब्ध गराउन थालेको सिञ्जा गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलले बताए । 

सिञ्जाबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल सम्म र त्यहाँबाट गाउँ सम्म कोभिडका बिरामीलाई एम्बुलेन्सले र गाउँपालिकाका गाडिले निःशुल्क बिरामी ओसार पसार गरिरहेका छन् । अहिले सिञ्जा गाउँपालिकामा ३ जना सक्रिय संक्रमित फेला परेका छन् ।
 
अघिल्लो वर्ष सबै गाउँपालिकाले रकम उठाएर जिल्ला भरीका कोभिडका बिरामीहरूलाई ओसारपसारका लागि निःशुल्क एम्बुलेन्स सञ्चालन गरेको थियो तर यस पटक भने गाउँपालिकाले आफ्नो एम्बुलेन्स, गाउँपालिकामा रहेका अध्यक्ष चढ्ने गाडी र अर्को एउटा गरी तीन वटा गाडी कोरोना संक्रमणका बिरामीहरूको लागि सञ्चालनमा ल्याएको छ । 

कोभिडको विपत्ति सिञ्जा गाउँपालिकाले गरेको काम निकै उदाहरणीय भएको र अन्य स्थानीय तहले पनि कोरोनाका बिरामीलाई बोक्नको लागि निःशुल्क एम्बुलेन्सहरू सञ्चालनमा ल्याउनुपर्ने स्थानीयले माग राखेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ