arrow

दुई दिनदेखि बन्द भएको जुम्ला-नाग्म सडक खुल्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २६ शुक्रबार

जुम्ला । कर्णाली राजमार्ग सडकखण्डअन्तर्गत जुम्लाको चन्दननाथ नगरपालिका–९ स्थित उमगाडमा दुई दिनदेखि बन्द भएको जुम्ला–नाग्म सडक आज दिउँसो ३ बजे खुलेको छ । 

आन्दोलनरत पक्ष र सरोकारवालाबीच सहमति भएपछि राजमार्ग खुलाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिए । बेपत्ता ट्र्याक्टर चालक धन गिरीले न्याय नपाएको भन्दै बिहीबार बिहानदेखि आफन्तले राजमार्ग बन्द गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेका अनुसार बेपत्ता व्यक्तिको घटनाको विषयमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने, पीडित परिवारलाई चन्दननाथ नगरपालिकामा रोजगारको लागि पहल गर्ने र सर्वोच्च अदालतमा चार दिनभित्र उच्च सरकारी वकिल कार्यालयले मुद्दा अगाडि बढाउने सम्बन्धमा आफन्तसँग सहमति भएपछि बन्द सडक खुलेको प्रजिअ घिमिरेले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ