arrow

एनएसएल फुटबलः प्रतियोगिताबाट बाहिरिने चितवन पहिलो टिम 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २५ शनिबार
nsl-league-1620437827.jpg

काठमाडौं । एफसी चितवन राजधानीमा जारी पहिलो फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) बाट बाहिरिने पहिलो टिम बनेको छ । 

शुक्रबार बेलुकी सम्पन्न भएको खेलमा पोखरा थण्डर्ससँग २–१ गोल अन्तरले पराजित हुँदै चितवन प्रतियोगिताबाट बाहिरिएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुरुवाती अग्रता जोगाउन नसक्दा चितवन पराजित भएको हो ।

खेलको ७३ औं मिनेटमा चितवनका शिशिर लेखीले पहिलो गोल गरे । ८२ औं मिनेटमा चितवन १० खेलाडीमा समेटियो । गोलकिपर विशाल सुनार रातो कार्ड प्राप्त गर्दै मैदानबाट बाहिरिएका थिए । 

त्यसपछि अलि आक्रामक बनेको पोखराका कप्तान नवयुग श्रेष्ठले ८६ औं मिनेटमा गोल गर्दै पोखरालाई १–१ को बराबरीमा ल्याए । खेलको इन्जुरी समयको चौंथो मिनेटमा रिमगागोले गोल गर्दै पोखरालाई २–१ को महत्वपूर्ण जित दिलाए । 

खेलमा पोखराका रवि पासवान प्लेयर अफ दि म्याच चुनिए । चितवनका शिशिर इमर्जिङ प्लेयर अफ दि म्याच  चुनिए । 

समीकरण
जितसँगै पोखराले ६ खेलमा ८ अंक जोडेर तेस्रो स्थानमा उक्लिदै प्लेअफ सम्भावना कायमै राखेको छ । पोखराले लिगको अन्तिम खेल खेलेको हो । चितवन भने ५ खेलमा २ अंकसहित एक खेल खेल्नुअघि नै बाहिरिएको छ । 

अहिलेसम्म धनगढी र काठमाडौं प्लेअफमा पुगिसकेका छन् । अब चितवन बाहेक बाँकी चार टिमबाट दुई टिम प्लेअफमा पुग्नेछन् । 



नयाँ