- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। नियन्त्रण बाहिर गएको चीनको रकेट लंग मार्च ५ बी रकेट मालदिभ्स नजिक हिन्द महासागरमा खस्ने भएको छ। चाइनिज स्पेस एजेन्सीले रकेट वायुमण्डलमा प्रवेश गरेको आइतबार (आज) राति मालदिभ्सको पश्चिममा हिन्द महासागरमा खस्ने अनुमान गरेको छ। वायुमण्डलमा यसको धेरै भाग घर्षणका कारण जलेर नष्ट भइसक्ने छ भने बाँकी हिन्द महासागरमा खस्ने अनुमान गरिएको छ।
अमेरिकी अन्तरिक्ष एजेन्सीले अरबी प्रायद्वीपमाथिको आकाशमा चिनियाँ अनियन्त्रित रकेट पृथ्वीको वायुमण्डलमा प्रवेश गरेको बताएको छ। १ सय ८ फट अग्लो र २१ टनको यो रकेटले अप्रिल २९ मा चिनियाँ अन्तरिक्ष स्टेसनको मोड्युल प्रक्षेपण गरेको थियो। पृथ्वीतर्फ खस्नुअघि यो रकेटले केही समय अन्तरिक्षमै बिताएको थियो।
अन्तरिक्षमा यस्ता ठुला पूर्वाधारहरू पुर्याउन बी५ जस्ता ठुला रकेटको प्रयोग हुने गर्छ। यसले के कति क्षति गर्छ भन्ने अनुमान भने गर्न सकिएको छ।
वैज्ञानिकहरूले पृथ्वीमा कुनै पिण्ड खसेर ७० प्रतिशत जमिन समुद्रले ढाक्ने अनुमानलाई भने पुष्टि गर्ने आधार यो रकेटले दिएको छ।
यसरी अनियन्त्रित रकेट पृथ्वीमा खस्नुमा कतिपय विश्लेषकहरूले चीनको आलोचना गरेका छन्। यसअघि यस्तो घटना घटेको थियो। तर, यति धेरै ठुलो रकेट भने पहिलो पटक पृथ्वीमा खस्न लागेको हो।