arrow

सगरमाथा आरोहणमा गएका दृष्टिविहीन अमिट केसीद्वारा ६ हजार मिटरको सफल आरोहण 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २६ आइतबार
amit kc.jpg

काठमाडौं । सगरमाथाको चुचुरोमा पाइला टेकेर ‘सगरमाथामा पाइला राख्ने पहिलो नेपाली दृष्टिविहीन बन्ने अभियानका साथ आरोहणमा गएका अमिट केसीले ६ हजार मिटरको सफल आरोहण गरेका छन् ।

विश्वकै दोस्रो र नेपालकै पहिलो दृष्टिविहीन व्यक्तिका रुपमा विश्वको शिर सगरमाथामा झण्डा फहराउन भन्दै अमिट आरोहणका लागि गएका थिए । तर  सगरमाथा क्षेत्रमा फैलिएको कोभिड-१९ संक्रमणका कारण आरोहण हाललाई स्थगित गरि ६ हजार एकसय १९ मिटरबाट फिर्ता भएको बताएका छन् ।

आरोहणको ११ औं दिन लुभुचे पीकको सफलतापूर्वक आरोहण गरेर फर्किएको उनले बताए । पाँच जनाको टोलीसहित १६ दिनको यात्रा सकेर उनी काठमाडौं फर्किसकेका छन् । उनले आगामी दिनमा अवस्था सहज भएपछि चुचुरोमा पुगेर राष्ट्रिय झन्डा फहराउने प्रतिवद्धता जनाए ।

पहिलो दृष्टिविहीन आरोही अमेरिकी नागरिक एरीकपछि अमिट विश्वकै दोस्रो’ बनेर देशको नाम राख्न अठोटका साथ ८ हजार ८ सय ४८ मिटरको चुचुरोमा चुम्न गएका अमिटको टोली स्थिति असहज भएपछि फिर्ता भएको छ ।

यसअघि सगरमाथाको आठ हजार मिटर चढिसकेका बाग्लुङको जैमिनी नगरपालिका–४ का अमिटले अघिल्लो पटक आधार शिविरको साउथ कोलमा पुगेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ