arrow

युरोकप फुटबलमा आजदेखि क्वार्टरफाइनलका खेल, पोल्याण्ड र पोर्चुगल भिड्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७३ असार १६ बिहिबार
portugal.jpg.jpeg
फ्रान्स । युरोकप फुटबलको क्वार्टरफाइनलका खेलहरु आज रातिदेखि सुरु हुँदैछन् । पहिलो खेलमा पोर्चुगल र पोल्याण्ड भिड्दै छन् । खेल राति पौने १ बजेदेखि सुरु हुँदै गर्दा पोर्चुगिच म्यानेजर फर्नान्डो सान्तोषले पोल्याण्ड विरुद्धको खेल पचास पचासको रहेको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन् –जेसुकै अवस्थाको भए पनि जित्ने त हामीले नै हो ।
त्यसैगरी पोर्चुगिच विङ्गर क्रिष्टियानो रोनाल्डोले जितका लागि टिमले सत्प्रतिशत नतिजा ल्याउने विश्वास लिएका छन् । टिममा आन्द्रे गोम्स फर्किने भएपछि अझ बढी उत्साह थपिएको छ । 
विगत कोट्याउने हो भने पनि खेल ५०–५० कै रहेको छ । अहिलेसम्म पोल्याण्डसंग पोर्चुगलले खेलेका १० खेलमा ३ मा जित ३ मा हार र ४ मा बराबरी खेलेको छ । 
प्रिक्वार्टरफाइनलमा पोल्याण्डले स्वीट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा हराएको थियो भने पोर्चुगलले क्रोएसियालाई १–० ले हराएको थियो । 
दोस्रो क्वार्टरफाइनलमा शुक्रबार राति वेल्स र बेल्जियम, तेस्रो क्वार्टरफाइनलमा शनिबार जर्मनी र इटाली तथा आइतबार फ्रान्स र आइसल्याण्ड भिड्ने कार्यक्रम छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ