arrow

युरोकपको फाइनल हारेपछि साउथगेटले दिए राजीनामा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १ मंगलबार
gareth-southgate-2024.jpg

काठमाडौँ । इङ्गल्याण्डको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले राजीनामा दिएका छन् । सोमबार बिहान सम्पन्न युरोकप फुटबलको फाइनलमा पुगेर स्पेनसँग पराजित भएपछि साउथगेटले राजीनामा दिएका हुन् ।

उनको नेतृत्वमा इङ्गल्याण्ड लगातार दोस्रो पटक युरोकपको फाइनलमा पुगेर पराजित भएको थियो । सन् २०१६ को सेप्टेम्बर २७ देखि इङ्गल्याण्डको प्रशिक्षक बनेका साउथगेटको नेतृत्वमा इङ्गल्याण्डले कुल १०२ खेल खेलेको थियो । जसमा ६१ खेलमा जित, २४ खेलमा बराबरी तथा १७ खेलमा हार बेहोरेको थियो ।

५३ वर्षीय साउथगेटको इङल्याण्डको प्रशिक्षकको रुपमा आगामी डिसेम्बरसम्म सम्झौता रहेको थियो । तर युरोकपको फाइनलमा हारपछि उनले प्रशिक्षक छोड्ने अनुमान गरिएको थियो ।
      



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ