arrow

स्पेन र इङ्गल्याण्डबीच आज राति युरोकपको फाइनल भिडन्त 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३० आइतबार
eurocup-2024-spain-eng-a.jpg

काठमाडौँ । युरोकप फुटबलको उपाधिका लागि आज राति फाइनलमा स्पेन र इङ्गल्याण्ड भिड्दै छन् । फाइनल खेल नेपाली समय अनुसार आज राति १२ः४५ बजेदेखि शुरु हुने छ ।

सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै इङ्गल्याण्डले नेदरल्याण्ड्सलाई २–१ गोल अन्तरले नै पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । 

तीन पटक युरोकपको उपाधि जितेको स्पेन योसहित पाँचौं पटक युरोकपको फाइनल खेल्दै छ भने इङल्याण्ड लगातार दोस्रो पटक युरोकपको फाइनल खेल्दै छ । २०२० मा सम्पन्न युरोकपमा इङल्याण्ड फाइनलमा इटालीसँग पराजित हुदै उपविजेता बनेको थियो ।

स्पेन र इङ्गल्याण्ड अहिलेसम्म २७ पटक आमनेसामने भएका छन् । जसमा स्पेनले १३ पटक जितेको छ भने इङल्याण्डले १४ खेल जितेको छ । त्यस्तै ३ खेल बराबरीमा सकिएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ