arrow

युरोकपमा स्पेनले रच्यो इतिहास, चौथो उपाधि जित्न सफल, इङ्गल्याण्ड फेरि अभागी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३१ सोमबार
eurocup-2024-spain-winner-2.jpg

काठमाडौँ । युरोकप फुटबलमा स्पेनले इतिहास रचेको छ । स्पेनले सर्वाधिक उपाधि जित्ने कीर्तिमान रचेको छ । आइतबार राति सम्पन्न फाइनल खेलमा स्पेनले इङ्गल्याण्डलाई २–१ गोल अन्तरले पराजित गर्दै चौथो उपाधि जित्न सफल भएको हो । 

स्पेनको जितमा निको विलियम्स र मिकेल ओयारजाबालले एक एक गोल गरेका थिए ।  विलियम्सले खेलको ४७ औँ मिनेट र मिकेलले ८६ औँ मिनेटमा गोल गरेका थिए ।

त्यस्तै इङ्गल्याण्डका लागि एक गोल कोल पाल्मरले खेलको ७३ औँ मिनेटमा गरेका थिए । 

योसहित स्पेनले सबैभन्दा बढी चौथो पटक युरोकपको उपाधि जितेको हो । स्पेनले यस अघि सन् १९६४, २००८ र २०१२ मा युरोकपको उपाधि जितेको थियो । 

त्यस्तै इङल्याण्ड भने लगातार दोस्रो पटक युरोकपको उपविजेता बनेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ