arrow

इङ्गल्याण्ड युरोकपको फाइनलमा, उपाधि भिडन्त स्पेनसँग

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २७ बिहिबार
eurocup-2024-eng-netherland.jpg

काठमाडौँ । इङ्गल्याण्ड युरोकप फुटबलको फाइनलमा पुगेको छ । सेमिफाइनलमा नेदरल्याण्ड्सलाई २–१ गोल अन्तरले पराजित गर्दै इङ्गल्याण्ड प्रतियोगिताको फाइनलमा पुगेको हो ।

१–१ खेलको बराबरीमा रहेको खेलको ९०औँ मिनेटमा इङ्गल्याण्डका ओली वाटकिन्सले गोल गर्दै फाइनलमा पुर्याएका हुन् । यसअघि खेलको सातौँ मिनेटमा जाभी सिमन्सको गोलमा नेदरल्याण्ड्सले शुरुआती अग्रता लिएको थियो ।

त्यसपछि खेलको १८औँ मिनेटमा ह्यारि केनले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरी गरेका थिए ।

यो जितसँगै इङ्गल्याण्ड लगातार दोस्रो पटक युरोकपको फाइनलमा पुगेको छ । यसअघि २०२० मा सम्पन्न युरोकपको फाइनलमा इङ्गल्याण्ड इटालीसँग पराजित हुँदै उपविजेता बनेको थियो ।

अब फाइनलमा इङ्गल्याण्डले उपाधिको लागि स्पेनको सामना गर्नेछ । स्पेनले सेमिफाइनलमा फ्रान्सलाई हराएको थियो । फाइनल खेल आइतबार राति हुनेछ ।
        



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ