arrow

युरोकपमा स्पेन र फ्रान्सबीच सेमिफाइनल भिडन्त 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २५ मंगलबार
eurocup-2024-spain-france.jpg

काठमाडौँ । जर्मनीमा जारी युरोकप फुटबलको सेमिफाइनलको पहिलो खेल आजराति हुँदैछ । पहिलो सेमिफाइनलमा स्पेन र फ्रान्स खेल्दै छन् । यो खेल नेपाली समय अनुसार राति १२ः४५ बजेदेखि शुरु हुँदैछ ।

स्पेन क्वार्टरफाइनलमा आयोजक जर्मनीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । स्पेनले जर्मनीलाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।

त्यस्तै फ्रान्सले क्वार्टरफाइनलमा पोर्चुगललाई पेनाल्टी सुट आउटमा ५–३ गोल अन्तरले अपराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

स्पेन र फ्रान्सबीच अहिलेसम्म ३६ खेल भएका छन् । जसमा स्पेनले १६ पटक जितेको छ भने फ्रान्सले १३ पटक जितेकोछ । त्यस्तै दुवै बीचका ७ खेल बराबरीमा सकिएका छन् ।

युरोकपको अहिलेसम्मको यात्राको कुरा गर्दा स्पेनले अहिलेसम्म तीन पटक युरोकपको उपाधि जितेको छ । स्पेनले १९६४, २००८ र २०१२ मा युरोकपको उपाधि जितेको थियो । त्यस्तै स्पेन १९८४ मा उपविजेता बनेको थियो ।

फ्रान्सले अहिलेसम्म १९८४ र २००० गरी दुई पटक युरोकपको उपाधि जितेको छ भने २०१६ मा उपविजेता बनेको थियो । 

यस युरोकपको समग्र प्रदर्शनमा फ्रान्स भन्दा स्पेन अगाडि देखिएको छ । स्पेनका लागि प्लेमेकर पेड्रीको अभाव खड्किने छ । तर क्वार्टरफाइनलमा  उनको स्थानमा आएका डानी ओल्मोको प्रदर्शनले  जर्मनीलाई पराजित गरेपछि स्पेनको आत्मविश्वास झन् बढेको छ ।

त्यस्तै फ्रान्सका लागि सबै भन्दा बढी चिन्ताको विषय कप्तान केलियन एम्बाप्पेको प्रदर्शन हो । एम्बाप्पेले यस सिजनमा पेनाल्टीबाट एक गोल मात्र गरेका छन् । फ्रान्सले यस प्रतियोगितामा पोल्याण्डविरुद्धको सो गोल बाहेक अन्य अफिसियल गोल गरेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ