arrow

स्पेन युरोकपको फाइनलमा, फ्रान्स पराजित, १६ वर्षको उमेरमै गोल गरे यमलले

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २६ बुधबार
eurocup-2024-spain-final.jpg

काठमाडौँ । स्पेन युरोकप फुटबलको फाइनलमा पुगेको छ । सेमिफाइनलमा फ्रान्सलाई २–१ गोल अन्तरले पराजित गर्दै स्पेन प्रतियोगिताको फाइनलमा पुगेको हो ।

स्पेनको जितमा लामिन यमल र डानी ओल्मोले एक एक गोल गरेका थिए । त्यस्तै फ्रान्सका लागि एक गोल राण्डल कोलो मुआनीले एक गोल गरेका थिए ।

यस खेलमा स्पेनका लागि पहिलो गोल गरेका यमलले १६ वर्षको उमेरमा युरोकपमा गोल गर्दै अहिलेसम्म सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी बनेका छन् ।

यो जितपछि स्पेन पाँचौँ पटक युरोकपको फाइनलमा पुगेको छ । स्पेनले यसअघि तीन पटक युरोकपको उपाधि जितेको छ भने एक पटक उपविजेता बनेको छ ।

त्यस्तै यो हारपछि फ्रान्सको युरोकप यात्रा भने समाप्त भएको छ ।

अब स्पेनले जुलाई १५ मा हुने फाइनल खेलमा नेदरल्याण्ड्स र इङल्याण्डबीचको विजेतासँग खेल्ने छ ।
  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ