arrow

एनएसएलमा फाइनल समीकरण पूरा हुँदै, भिड्दै काठमाडौं र ललितपुर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ३० बिहिबार
nsl-lalitpur-butwal.JPG

काठमाडौं । चौधरी ग्रुप सीजीको नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजनमेन्टको आयोजनामा संचालित नेपालकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को फाइनल समीकरण बिहीबार पूरा हुँदैछ । उपाधिका लागि धनगढी एफसी यसअघि नै फाइनलमा पुगिसकेका अवस्थामा दोस्रो फाइनलिष्टका लागि बिहीबार साँझ ललितपुर सिटी एफसी र काठमाडौं रेजर्स भिड्दै छन् । पहिलो प्लेअफमा पराजित काठमाडौंले इलिमिनटेर खेलको विजेता ललितपुरसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्न लागेको हो ।

बुधबार बुटवल लुम्बिनीलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनल नजिक पुगेको ललितपुरले २४ घण्टा नबित्दै काठमाडौंविरुद्ध खेल्न लागेको हो । 

पहिलो क्वालिफायरमा काठमाडौं धनगढी एफसीसँग २–१ गोल अन्तरले पराजित भएको थियो । 

लिग चरणको खेलमा काठमाडौंले ललितपुरलाई १–० गोल अन्तरले हराएको थियो । काठमाडौंको जितमा अफ्रिकन खेलाडी मेसौके ओलुमोउले विजयी गोल गरेका थिए ।

पछिल्लो ६ खेलमा अपराजित रहेको ललितपुर सिटी एफसी काठमाडौंविरुद्ध सोही नतिजा दोहोर्याउने कोशिश गर्नेछ ।

उपाधिको बलियो दाबेदार काठमाडौंसमेत ललितपुरविरुद्ध आफ्नो बलबुँताले भ्याएसम्म पुरानै नतिजा दोहोर्याउन चाहन्छ । 

सात टिमले सहभागीता जनाएको पहिलो फ्रेन्चाइज फुटबलको फाइनल खेल शनिबार हुँदैछ । विजेताले ३५ लाख पाउने आयोजकले जनाएको छ । 



नयाँ