arrow

डोटीमा जेठ १५ सम्म थपियो निषेधाज्ञा

logo
प्रकाश बम,
प्रकाशित २०७८ वैशाख ३० बिहिबार
doti-cdo-office.PNG

डोटी । डोटीमा वैशाख ३१ गते मध्यरातदेखि जेठ १५ गतेसम्म निषेधाज्ञा थपिएको छ । प्रमुख जिल्ला अधिकारी सुनिल  खनालले भने, ‘वैशाख ३१ गते राति १२ बजेदेखि थप गरिएको लकडाउन अवधिमा अति आवश्यक बाहेक  घरबाट बाहिर निस्कन दिइने छैन ।’

 उनका अनुसार नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी खाद्यान्न, तरकारी, दूध, फलफूल लगायत अत्यावश्यक वस्तु खरिद विक्रीका लागि प्रत्येक दिन बिहान ६ बजेदेखि ९ बजेसम्म र  बेलुका ५ बजे देखि ७ बजे सम्मका लागी पसल खुला गरिने छ ।   

निषेधाज्ञाको पूर्ण पालना नगरे सङ्क्रामक रोग ऐन २०२०  तथा अन्य प्रचलित कानुन बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी खनालले हाम्रा कुरालाई जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ