arrow

उपत्यका मेयर फोरमसँग उपप्रधानमन्त्रीले राखे यस्तो प्रस्ताव

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ३० बिहिबार
mayour-forum.JPG

काठमाडौँ। उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्ध लडाइँमा सरकारलाई साथ दिन काठमाडौँ उपत्यका मेयर फोरमलाई आग्रह गरेका छन् ।

सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बिहीबार काठमाडौँ मेयर फोरमका पदाधिकारीहरूको बैठकमा उपप्रधानमन्त्री पोखरेलले कोरोना विरुद्धको लडाइँमा सङ्घीय सरकारले चालेका कदमलाई कार्यान्वयन गर्ने गरी जनताको जीवन रक्षामा जुट्न सहयोगको आग्रह गरे ।

राज्यका सबै तहको एकीकृत प्रयास र नागरिकको सकारात्मक सहयोगबाट मात्रै यो लडाइँमा सफलता मिल्ने उनले बताए । 

शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठ समेतको सहभागिता रहेको बैठकमा उपत्यका मेयर फोरमका अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, मेयर फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन तथा मेयर फोरमका सचिव समेत रहेका मध्यपुर थिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठको सहभागिता थियो ।

मेयर फोरमले उपत्यकाका चार ठाउँमा एकीकृत रूपमा आइसोलेसन केन्द्र सञ्चालन गर्ने प्रस्ताव गरेको छ । यसै गरी, अक्सिजनको आपूर्तिमा अहिले देखिएको समस्या समाधानका लागि मेयर फोरमले पहलकदमी लिने भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ