arrow

सवारी ज्यान मुद्दामा फरार वडाध्यक्ष यादव पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ३१ शुक्रबार
Arrest-Crime.jpg

सर्लाही । सवारी ज्यान मुद्दामा फरार रहेका बरहथवा नगरपालिका १३ का वडाध्यक्ष जयनारायण यादवलाई प्रहरीले पक्राउ गरेको छ । बैशाख २५ गते साँझ बरहथवा नगरपालिका ३ भगवतीपुरको भित्री सडकखण्ड हुँदै सहिदपुरतर्फ जाँदै गरेका वडाध्यक्ष यादवले चलाएको  बि आर ३० एस ९२४५ नम्वरको  मोटरसाइकलले सोही ठाउँका ४ वर्षीय बालक आदित्य महतोलाइ ठक्कर दिएको थियो । 

मोटरसाइकलको टक्करबाट गम्भीर घाइते भएका बालकको उपचारकै क्रममा  मृत्यु भएको थियो । बालकको मृत्युपछि फरार रहेका वडाध्यक्ष यादवलाई बैशाख ३० गते दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ परेका यादवलाई जिल्ला अदालत सर्लाहीबाट पहिलो पटक ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ