- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
डोटी । पछिल्लो २४ घण्टामा डोटीमा थप दुई जना संक्रमितको मृत्यु भएको छ । त्यस्तै ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला अस्पताल डोटीमा उपचाररत दुई जना संक्रमितको मृत्यु भएको अस्पतालका कोरोना सम्पर्क व्यक्ति राजेन्द्र फुलाराले बताए । दिपायल सिलगढी नगरपालिका–६ सिलगढीका ९६ वर्षीय महिलाको शुक्रवार बिहान मृत्यु भएको हो भने सोही ठाउँका ७० वर्षीय महिलाको दिउसो साढे तीन बजे मृत्यु भएको हो । मृतक दुवैको एन्टिजेन रिपोर्ट पोजेटिभ रहेको फुलाराले बताए ।
९६ वर्षीय महिला २८ गते अस्पताल भर्ना भएकी थिइन् भने ७० वर्षे महिला बिहीबार मात्रै अस्पताल भर्ना भएकी थिइन् ।
शुक्रवार ९६ जनाको आरटी पिसिआर विधिबाट परीक्षण गर्दा ६४ जना र ५ जनाको एन्टिजेन परीक्षण गर्दा तीन जना गरी ६७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।
दिपायल सिलगढी नगरपालिकाका ४९ जना, शिखर नगरपालिकाका ८ जना, आदर्श, बोगटान र केआईसिंह गाउँपालिकाका एक/एक जना, बडीकेदार गाउँपालिकाका ४ जना र सायल गाउँपालिकाका ३ जनामा संक्रमण पुष्टि भएको हो ।
जिल्लामा अहिले २ हजार सात जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय जनाएको छ।