arrow

एनआरएनए अमेरिकाको महिला उपाध्यक्षमा दिक्षा वस्नेतको उम्मेदवारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १ शनिबार
dikcha.jpg

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को राष्ट्रिय समन्वय परिषद् (एनसीसी)को आसन्न निर्वाचनमा दिक्षा बस्नेतले महिला उपाध्यक्षमा उम्मेदवारी दिने बताएकी छन् ।

विगत ६ बर्षदेखि एनआरएनएको अभियानमा क्रियाशिल वस्नेतले यही मे २९–३० तारिखमा हुन गइरहेको २०२१–२०२३ कार्यकालका लागि महिला उपाध्यक्षका रुपमा आफूलाई घोषणा गर्दै चुनावी अभियानमा जुटेको जानकारी दिइन ।

अमेरिकाको क्यार्लिफोनियाबाट एनआरएनएको शुरुवाती अभियान थालेकी बस्नेतले आगामी सम्मेलनमा महिलाहरुको शसक्तीकरण, सीप विकास, युवाहरुलाई संस्थामा स्थापित गराउन आफूले महिला उपाध्यक्षका रुपमा उम्मेदवारी दिएको बताइन ।

संस्थाप्रति वफादार रही संस्थाभित्र समावेशीकरण, युवा जागरण, महिला शसक्तीकरण र सीप विकास जस्ता गहन मुद्दाहरु लिएर चुनावी अभियानमा जुटेको बताइन ।

यसअघि एनआरएनए क्यार्लिफोनिया च्याप्टरको महिला उपाध्यक्ष भइसकेकी वस्नेत साहित्य र संचार क्षेत्रमा पनि क्रियाशिल छन् । उनले भावी दिनमा एनआरएनएमा ५० प्रतिशत महिला सहभागिताको आवाज उठाउने पनि प्रतिवद्धता जनाइन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ