arrow

क्लब स्थापनाको एक सय ३७ वर्षमा पहिलोपटक लेष्टरलाई एफए कप 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २ आइतबार
liechester-city-fa-cup-2021.jpg

काठमाडौं । एफए कप फुटबलको उपाधि पहिलो पटक लेष्टर सिटीले जितेको छ । कीर्तिमानी रेकर्ड राख्ने क्रममा लेष्टरले फाइनलमा चेल्सीलाई परािजत गर्यो । शनिबार राति भएको फाइनलमा चेल्सी १–० गोल अन्तरले पराजित गरेको हो । 

लेष्टरले पहिलो पटक उपाधि जित्ने क्रममा आठ पटक उपाधि जितिसकेको चेल्सीमाथि आकर्षक प्रदर्शन गरेको हो । यो लेष्टरका लागि अहिलेसम्मकै ठूलो सफलता हो । 

अर्थात् अहिलेसम्म जित्न नसकेको उपाधि पहिलो पटक लेष्टरले जितेको हो । क्लब स्थापनाको १ सय ३७ वर्षे इतिहास छ । यसअघि लेष्टर चार पटक फाइनलमा पराजित भएको थियो ।

वेम्बली स्टेडियममा लेष्टरलाई जित दिलाउन युरी टियलमेन्सले निर्णायक गोल गरे । खेलको ६३ औं मिनेटमा युरीले उत्कृष्ट गोल गरेका थिए ।

८९ औं मिनेटमा चेल्सीका बेल चिलवेलले गोल गरे पनि भीएआर प्रविधिमा अफसाइड देखिएको थियो । 



नयाँ