arrow

२८ वर्षसम्म पनि पत्ता लागेन मदन भण्डारी र जीवराज आश्रितको घटना, ओलीको यस्तो भनाई  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ३ सोमबार
madan-bhandari-jibraj-aashr.jpg
तस्वीर– दायाँ जीवराज आश्रित, बायाँ मदन भण्डारी ।

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको जीवनसँग जोडन र जनतालाई समृद्ध जीवनको प्रत्याभूति गर्न सके मात्र लोकतन्त्र सार्थक हुने बताएका छन् । जननेता मदनकुमार भण्डारी र नेता जीवराज आश्रितको २८ औँ स्मृति दिवसका अवसरमा सोमबार बिहान विज्ञप्ति जारी गर्दै अध्यक्ष ओलीले भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’को निरन्तरता रक्षा, कार्यान्वयन र विकास गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका छन् । 

उनले राष्ट्रियताको सम्वद्र्धन र राष्ट्रिय हितको रक्षाका लागि अविचलित रुपमा क्रियाशील हुने प्रण गर्दै पार्टीलाई एकताबद्ध, जनआधारित, गतिशील, अनुशासित र मुलुकको नेतृत्वदायी शक्तिका रुपमा स्थापित गर्ने पनि जनाएका छन् । 

कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्दै आर्थिक–सामाजिक रुपान्तरण तथा समाजवादको मुख्य संवाहक बनाउने आफूहरुको इमान्दार प्रयास भए पनि कतिपय नेताका विभाजनकारी, अस्थिर र अवसरवादी सोच तथा क्रियाकलापका कारण नेकपा माओवादी केन्द्रसँगको एकीकरणको अभियान निष्कर्षमा पुग्न नसकेको उल्लेख गर्दै अध्यक्ष ओलीले एमालेले उक्त एकीकरणको विरासतलाई अगाडि बढाउँदै नयाँ स्वरुपमा पुनःस्थापित गरी आन्दालनलनई एकीकृत गर्ने अभियानमा निरन्तर लागिरहने संकल्प गरेका छन् । 

दिवसका अवसरमा भण्डारी र आश्रितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै एमालेका महासचिव एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले भूमिगत राजनीतिदेखि खुल्ला राजनीतिसम्म आइपुग्दा जननेता भण्डारीले नेपालको वाम र लोकतान्त्रिक आन्दोलनमा शिखर स्थान बनाउन सफल नेतृत्व गरेको स्मरण गरेका छन् । 

उनले भण्डारीको नेतृत्वमा तत्कालिन समयमा पार्टीले चलाएको अभियानले नेकपा (एमाले) एउटा नयाँ र उदीयमान शक्तिका रुपमा स्थापित भएको र त्यही जगमा पार्टी आज जनतामा लोकप्रिय भएको उल्लेख गर्दै भण्डारीले नै बहुदलीय जनवादको व्याख्या, पार्टी, समाज र राज्यको लोकतान्त्रिकरणको मान्यतालाई अघि सारेर माक्र्सवादलाई नेपालको विशिष्टतामा विकास गर्नुपर्ने मान्यतालाई अघि सारेको जनाएका छन् । 

स्मृति दिवसका अवसरमा सोमबार एमालेको पुरानो केन्द्रीय कार्यालय रहेको स्थान मदननगर बल्खुमा भण्डारी र आश्रितप्रति श्रद्धाञ्जलित दिने कार्यक्रम छ । कोरोना महामारीका कारण खुल्ला कार्यक्रम आयोजना गरिएको छैन । 

भण्डारी र आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा भएको जीप दुर्घटनामा निधन भएको थियो ।

घटना अझै रहस्यमय 
दुर्घटनाको घटना अझै रहस्यमय रहेको छ । उक्त समयमा नेपाली कांग्रेस नेतृत्वको सरकार थियो । अनि एमालेका नेताहरुले हत्यारालाई कारबाही गर्न माग गर्दै दैनिक सडकमा नाराबाजी गर्दथे । 

उनीहरुले आफूहरुको सरकार आएपछि यो घटनाका दोषीलाई कारबाही गर्ने बताउँथे । ०५१ सालमै एमाले सत्तामा गएको थियो । त्यसबेलादेखि अहिलेसम्म पनि यो घटना ज्यूँका त्युँ छ । 

घटनाका जीवत प्रत्यक्षदर्शी मरिसके । मदन भण्डारी पत्नी विद्यादेवी भण्डारी दुईपटक राष्ट्रपति भइसकेकी छिन् । भण्डारीको राजनीतिक विचार बोक्दै हत्यारालाई कारबाही गर्ने बताउँदै जनतालाई आश्वासनमा राख्दै आएका ओली तीन पटक प्रधानमन्त्री भइसकेका छन् । 

तर घटना शुरुकै अवस्थामा रहेको छ । एमालेभित्रकै कतिपय नेताहरुले विद्यादेवी भण्डारी र केपी शर्मा ओलीले राजनीतिमा माथि पुग्नका लागि मदन भण्डारीको नामको भर्याङ बनाएको आरोप लगाउँछन् । 

देशको प्रमुख र कार्यकारी एमालेकै हुँदासमेत अहिलेसम्म घटना रहस्यमै छ । अहिले त दुवैले जनतालाई जबाफसमेत दिन छाडिसकेका छन् । स्मृतिको दिनमासमेत घटनाको खोजतलास गर्नेसमेत भन्न छाडिसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ