- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
डोटी । नेपाली काँग्रेस डोटीका कोभिड सूचना संयोजक जित बहादुर खड्काको पहलमा २२ सिलिन्डर अक्सिजन भित्रिएको छ ।
बोल्या थलीसँगको समन्वयमा जिल्ला अस्पतालका १७ ठुला र पाँच साना गरी २२ वटा सिलिन्डर भरेर अस्पताललाई उपलब्ध गराइएको हो ।
नेपाली काँग्रेस डोटीका जिल्ला सदस्य समेत रहेका खड्काले जिल्लामा अक्सिजनको चरम अभाव भएका बेला जिल्ला अस्पतालसँग भएका खाली सिलिन्डर लगेर नेपालगन्जबाट अक्सिजन भनेर ल्याएका हुन् ।
खड्काले सोमबार जिल्ला अस्पताललाई भरिएका सिलिन्डरहरू हस्तान्तरण गरेका छन् । बोल्या थलीले अक्सिजन भरेर जिल्ला सम्मको ढुवानी खर्च समेत बेहोरेको छ । कोरोना महामारीका कारण बिरामीले अक्सिजन नपाएर ज्यान गुमाउन थालेपछि अभियानको थालनी गरिएको संयोजक खड्काले बताए ।
अस्पतालसँग भएका सिलिन्डरहरू खाली भए पछि भर्न समस्या भएको र अस्पतालमा अक्सिजन अभाव भएको जिल्ला अस्पतालले जनाएको छ । संयोजक खड्काले भरेर ल्याएका सिलिन्डरले राहत भए पनि अझै अक्सिजन अभाव रहेको जिल्ला अस्पतालका डाक्टर कृष्णराज जोशीले बताए ।
‘जिल्लामा अक्सिजनको अभाव छ बिरामीहरू अक्सिजन लेबल एकदमै कम भए पछि आउने गरेका छन् डाक्टर जोशीले, भने,’त्यस्तो अवस्थाका बिरामीहरूलाई प्रति घण्टा १० लिटर सम्म अक्सिजन आवश्यक पर्न जान्छ । दिनमा एक जना बिरामीलाई १५ वटा जटी सिलिन्डर आवश्यक पर्न जान्छ । अक्सिजन अभावका कारण रेफर गर्नु पर्ने अवस्था छ ।’
सुदूरपश्चिममा कोरोना बिरामीहरूले अक्सिजन अभावका कारण ज्यान गुमाउन थालेपछि बोल्या थलीले सुदूरपश्चिम भरी प्राणका लागि वायु अभियानको थालनी गरेको छ । थलीले विभिन्न व्यक्तिहरूको सहयोगमा, फण्ट र सिलिन्डर सङ्कलन गर्दै अक्सिजनसँगै स्वास्थ्य सामग्री वितरण गर्दै आएको बोल्या थलि डोटीका उप संयोजक डिल्लीराज जोशीले बताए ।