arrow

मन्त्रिपरिषद् बैठकः कोरोना नियन्त्रण र निषेधाज्ञाका विषयमा केन्द्रित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ३ सोमबार
mantriparisad.jpg
तस्विर : राजन काफ्ले(प्रधानमन्त्रीको निजी सचिवालय)

काठमाडौं । नयाँ सरकार गठनपछि सोमबार(आज)साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठक कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारको सन्दर्भमा केन्द्रित भएको छ ।

कोरोना नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको निर्देशन कार्यान्वयन गर्न र गराउन केन्द्रित भएको बैठकपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

बैठकमा कोभिड-१९ रोकथाम तथा नियन्त्रणको समीक्षा, उपचार र सेवाका लागि अत्यावश्यक भौतिक र कानूनी पक्षहरुबारे छलफल भएको छ । सरकारबाट जारी भएको निषेधाज्ञा आदेशमा घोषणा भएका विषयमा प्रभावकारी अनुगमनका विषयमा छलफल भएको मन्त्री ज्ञवालीले बताए ।

अक्सिजनको उपलब्धतालाई सहज बनाउन प्लान्टहरुको पूर्ण क्षमतामा उत्पादन गर्ने,  वितरण प्रणालीलाई सरल र पहुँचयोग्य बनाउन बैठकमा छलफल भएको थियो ।

बैठकका क्रममा सरकारका मुख्य सचिव शंकरदास बैरागीले सातवटै प्रदेशका प्रमुख सचिवहरुलाई कोरोना नियन्त्रणमा गम्भीर हुन निर्देशन दिएका थिए । कालोबजारी तथा कृत्रिम अभाव हुन नदिन र बजार अनुगमन तथा नियमनलाई थप प्रभावकारी बनाउन पनि बैठक केन्द्रित भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ