arrow

प्रधानमन्त्री निवासमा सत्ता गठबन्धनको छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ६ मंगलबार
gathabandhan-2078-12-22.jpg

काठमाडौं । सत्ता गठबन्धन दलले आसन्न स्थानीय तहको निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकामा सिट बाँडफाँटको विषयबारे आज पनि छलफल गर्ने भएका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न दुई बजेदेखि गठबन्धन दलका शीर्ष नेतासहित बैठक बस्ने स्थानीय तह निर्वाचन तयारी परिचालन तथा अनुगमन समितिका सदस्य सचिव अधिवक्ता केशवराज जोशीले जानकारी दिए ।

गठबन्धन दलका शीर्ष नेतासहित स्थानीय तह निर्वाचन तयारी परिचालन तथा अनुगमन समितिको सोमबारको बैठक सो विषयमा घनिभूतरुपमा छलफल भए पनि अन्तिम टुङ्गोमा पुग्न सकेको थिएन । सोमबारको बैठकमा विशेष गरी छ महानगर र ११ उपमहानगरपालिकाको सिट बाँडफाँट बारेमा छलफल भएको थियो ।

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाले निर्वाचनमा चुनावी तालमेल गर्ने निर्णय गरी सोहीअनुसार तयारी गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ