arrow

मान्यवर 

logo
युवराज रेग्मी, 
प्रकाशित २०७८ जेठ ४ मंगलबार
yubraj-regmi-jhapa-reporter.jpg

तिमी घमण्डको सगरमाथा चढेर बसिरहनु
म सफलताको शिखरबाट तिमीलाई नियाल्ने छु 
अनि सोध्ने छु हे प्रिय मान्यवर प्रिय मान्यवर 
मैले कसैको मृत्युमा 
श्रद्धाञ्जलिका शब्द सुम्पँदा 

तिम्रो मन किन पोल्छ ?
तिम्रो मन किन आतिन्छ ?

तिम्रो पनि त मनमुटु होला ?
तर किन तिमी चुपचाप छौ ?

मैले कसैको मृत्युमा 
सहानुभूतिका शब्द अर्पनु 

के मेरो भुल हो र ?
के मेरो गल्तिनै भयो र ?

तिम्रो पनि त मनमुटु होला ?
थोरै तिमीलाई पनि त छुन्छ  होला ?

कि  खुलस्त भनिदेऊ
के तिम्रो मन मुटु मेरो भन्दा फरक छ ?

मलाई रत्तिभर चित्त बुझेन 
  हे प्रिय मान्यवर !

म एकदिन तिमीलाई भेटेरै सोध्ने छु ।

के तिमीभित्र पनि मेरो जस्तै मनमुटु छ ?

तिम्रो मन मुटु पनि के हाम्रो जस्तै चल्छ ?

ऐले म तिम्रो कोठामा आउन नसकुँला 

त्यसैले तिम्रो हातको यन्त्रभित्र आएर सोध्दैछु 

हे मान्यवर ! निर्धक्क साथ भन अब 

तिमी भित्रको त्यो विशाल मन मुटु 

के हामीहरुको भन्दा बेग्लै बेग्लै हो ?

भनी हाल अब रत्तिभर ढिला नगरी 

नत्र तिमी पनि एकदिन अवश्य ढल्ने छौ 

अनि ब्रह्मनालमा पर्ने छौ त्यति बेला तिमीले थाहा पाउँदैनौ 

तिम्रा प्रियजनले तिमीलाई घोची घोची जलाउने छन् 

लौ छिटो भनीहाल ऐले नै 
म उपस्थिति भइसकेको छु 

तिम्रो त्यो घमण्डको सगरमाथा अगाडि 
म सफलताको शिखरमा उभिएर 

ब्यक्तिगत दूरी कायम गर्दै तिमीलाई सोध्दैछु 

हे प्रिय मान्यवर !

के तिम्रो त्यो मन मुटु हामीहरुको भन्दा बेग्लै छ ?
(कृषि क्याम्पस मोड गौरादह नगरपालिका २, प्रदेश न १, झापा)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ