arrow

खाली अक्सिजन सिलिन्डर भरेर अस्पतालमा दिँदै साह

logo
प्रिमेश शिवाकोटी,
प्रकाशित २०७८ जेठ ४ मंगलबार
oxygen-rautahat.jpg

रौतहट । रौतहटको चन्द्रपुर २ स्थित अस्थायी कोभिड अस्पताललाई  २३ थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको छ ।  मङ्गलवार साझा व्यवसाय सीप विकास प्राली,चन्द्रपुर ४ ले ७.६ किलो तौल भएका २३ वटा अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको हो ।

 संस्थाका कार्यकारी निर्देशक सुरेश प्रसाद साहले रौतहट क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य देव प्रसाद तिमलसिना,चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरी,इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डोरेन्द्र निरौला,गुजरा नगरपालिकाका प्रशासकीय अधिकृत विनोद कुमार जयसवाल र संञ्चारकर्मीहरुको उपस्थितिमा अक्सिजन सिलिन्डर हस्तान्तरण गरेका हुन ।

 साहले जिल्लाभरि खाली सिलिन्डर उपलब्ध गराएमा आफ्नो संस्थाले त्यसलाई रिफिल गरेर अस्पताललाई दिने बताए । उनले जहाँ कहीँ पनि खाली सिलिन्डर भए तुरुन्त उपलब्ध गराएर अक्सिजनको अभाव टार्ने काममा सहयोग गर्न आग्रह समेत गरेका छन् ।



नयाँ