arrow

प्रदेश २ सरकारले अक्सिजन ग्यासको अभाव हुन नदिने

logo
  निरञ्जन कुमार साह,
प्रकाशित २०७८ जेठ ४ मंगलबार
Corona-province-2-two.jpg

जनकपुरधाम । प्रदेश दुई सरकारले कोरोना संक्रमितहरूको उपचारमा अक्सिजन ग्यासको अभाव हुन नदिन समिति गठन गरेको छ ।  अक्सिजन ग्यासको अभाव हुन नदिन आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवको नेतृत्वमा अक्सिजन ग्यास अनुगमन व्यवस्थापन समिति गठन गरेको हो  ।

मङ्गलवार  सम्पन्न प्रादेशिक कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले पछिल्लो समयमा प्रदेश भित्र रहेका अक्सिजन प्लान्टहरू बाट बाहिर ग्यास पठाएको हुँदा प्रदेशमा अक्सिजन ग्यासको अभाव देखिएकोले उक्त समस्या समाधान गर्न मन्त्री यादवको अध्यक्षतामा सुरक्षा निकायका प्रमुखहरू रहने गरी समिति गठन गर्ने निर्णय गरेको प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिए।

उक्त समितिले प्रदेश भित्रका अक्सिजन उद्योगहरू बाट दैनिक उत्पादन हुने सङ्ख्या र वितरण प्रणालीको अनुगमन गर्ने मन्त्री साहले बताए ।

त्यसै गरी बैठकले कोरोना संक्रमितहरूको उपचार भई रहेको प्रदेश भित्रका सरकारी तथा निजी अस्पतालहरूको अनुगमनका लागी मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. राम केवल साहको अध्यक्षतामा विज्ञ समूह गठन समेत गरेका  मन्त्री साहले बताए ।

उक्त समितिले प्रदेश भित्रका अस्पतालहरूको अनुगमन निरीक्षण गर्नुका साथै अस्पतालहरूलाई दिनु पर्ने सुविधाका सम्बन्धमा प्रदेश सरकारले सुझाव दिने र आवश्यकता अनुसार निजी अस्पतालहरूमा कोरोना संक्रमितहरूको उपचारको व्यवस्था मिलाउनका लागी आइएमओ गर्न प्रदेश सरकारमा सिफारिस गर्ने क्षेत्राधिकार दिइएका छन् ।

मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा  पिसिसिएमसीको बैठक सम्पन्न भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ