arrow

दार्चुलामा तेस्रो पटक निषेधाज्ञा थप

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७८ जेठ ९ आइतबार
darchula.jpg

दार्चुला । दार्चुलामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि आइतवरदेखि तेस्रो पटक निषेधाज्ञा थप गरिएको छ । 

आइतबार बसेको जिल्ला कोभिड—१९ सङ्कट व्यवस्थापन केन्द्र दार्चुलाको बैठकले सिफारिस गरे बमोजिम जेठ २० गतेसम्मका लागि तेस्रो पटक निषेधाज्ञा जारी गरिएको हो । 

प्रमुख जिल्ला अधिकारी सिद्धाराज जोशीले कोभिड रोकथाम तथा नियन्त्रणको कार्यलाई थप प्रभावकारी बनाउन जेठ २० गते राती १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा थप गरिएको बताए । 

यसअघि वैशाख ३० गतेको बैठकले जेठ १० गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो ।

यसैबिच दार्चुलामा कोरोनाको नयाँ भेरियन्ट सुरु भएयता ९ जनाको मृत्यु भैसकेको छ । हालसम्म जिल्लामा ५ सय ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ