arrow

बाबुराम भट्टराईको पुत्ला दहन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ११ मंगलबार
putla-dahan.jpg

जनकपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईको पुत्ला दहन गरिएको छ । पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईको जनकपुरधाम उपमहानगरपालिका वार्ड नम्बर ७ का अध्यक्ष जानकी राम साहको नेतृत्वका युवाहरुले पुत्ला दहन गरेका हुन् ।

पुत्ला दहनको क्रममा अध्यक्ष साहले बाबुरामलाई मधेश विरोधी भएको आरोप लगाए। उनले भने, ‘हामीले जुन पुत्ला दहन गरेका छौँ त्यो बाबुराम भट्टराईको विरोधमा गरेका छौँ। बाबुरामले दिएको बक्तव्यले समग्र मधेसीमाथि आघात पुगेको छ।’

संविधान जारी भएदेखि मधेसी विरोधी गतिविधिमा रहेका बाबुरामले एकता भएको जसपा पार्टीलाई फुटाउनसमेत लागि परेको साहले आरोप लगाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ