arrow

नेपाली फुटबल टिम ईराकमा, जेठ १५ मा मैत्रिपूर्ण खेल, राखेप सदस्यसचिव पनि टिममा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १२ बुधबार
nepali-football.jpg

काठमाडौं । ईराकसँगको मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली राष्ट्रिय टिम मंगलबार राति ईराक गएको छ । २३ सदस्यीय खेलाडीसहित ३५ जनाको जम्बो टिम राति १० बजे कतार एयरवेज हुँदै ईराक गएको हो । 

नेपालले जेठ १५ गते बसरा अन्तर्राष्ट्रिय मैदानमा ईराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ । नेपाली टिम कोरोना भाइरसको महामारीबीच पनि ठूलो डफ्फा लिएर ईराक गएको हो । 

यसपालि राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्यसचिव रमेशकुमार सिलवाल पनि ईराक गएका छन् । उनको कुनै ठूलो भेटवार्ता भने रहेको पाइएको छैन । 

ईराकको नियमानुसार चल्ने भएकाले क्वारेन्टिनमा बस्नुपरे भेट हुने छैन भने क्वारेन्टिनमा बस्नु नपरे छलफल हुन पनि सक्ने अखिल नेपाल फुटबल संघ एन्फा स्रोत बताउँछ । 

मैत्रीपूर्ण र विश्वकप छनोटका लागि कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली टिममा ठूलो परिवर्तन गरेका छन् ।

उनले नेपाली टिमका नियमित सदस्य भरत खवास, रंजित धिमालसहित अमित तामाङ, सेसेहाङ आङदेम्बे, रवि पासवान, निशान खड्का, विवेक बस्नेत, नितिन थापा र दर्शन गुरुङ टिमबाट हटाएका छन् भने पहिलो पटक सुरज जिउ ठकुरी, कमल थापा, गौतम श्रेष्ठ, आयुष घलान र मनिष डाँगीलाई राष्ट्रिय टिममा पारेका छन् ।

यस्तो छ ३५ सदस्यीय जम्बो टोली 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ