arrow

युरोकप फुटबलको तेस्रो क्वार्टरफाइनलमा जर्मनी र इटाली भिड्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७३ असार १८ शनिबार
ittttttttt.jpg.jpeg
फ्रान्स । फ्रान्समा जारी युरोकप फुटबलको तेस्रो क्वार्टरफाइनलमा जर्मनी र इटाली भिड्दै छन् । खेल शनिबार राति पौने १ बजे हुँदैछ । प्रिक्वार्टरफाइनलमा जर्मनीले स्लोभाकियालाई ३–० ले तथा इटालीले स्पेनलाई २–० ले हराएको थियो ।
 
साविक विजेता स्पेनलाई नै पाखा लगाइसकेपछि जर्मनीसमेत इटालीका लागि ठूलो चुनौती होइन भन्न थालिएको छ । विश्वकप विजेता जर्मनी पनि कम भने पक्कै छैन । 
 
इटालीले सन् २०१२ को युरोकपमा जर्मनीलाई हराएको थियो । त्यस्तै इटालीले सन् २००६ को विश्वकप क्वार्टरफाइनलमा पनि जर्मनीलाई पराजित गरेको थियो । मूख्य स्पर्धामा इटाली हावी देखिएकाले यो खेल पनि जित्नेमा इटाली आशाबादी छ । 
 
तर गत मार्चमा म्यूनिखमा भएको मैत्रिपूर्ण फुटबलमा भने इटाली ४–१ ले पराजित भएको थियो । यो नतिजाले भने इटालीका म्यानेजर एन्टोनियो कोन्टेलाई अहिले पनि झस्काएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ