- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
डोटी । डोटीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको सङ्ख्या बढेसँगै स्थानीय प्रशासनले निषेधाज्ञाको समयावधि लम्ब्याएको छ। जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन समितिको बैठकको निर्णयबाट जिल्लामा तेस्रो पटक निषेधाज्ञा थपिएको हो।
जिल्लामा कोरोना भाइरस फैलिने क्रम बढेपछि यसको सम्भावित संक्रमण रोकथाम तथा नियन्त्रणका लागि क भिड -१९ सङ्कट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश बनेको २०७८ को दफा ५ को उपदफा २ एवम् स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम वैशाख ३१ गतेको दोस्रो निषेधाज्ञा जेठ १५ गते सम्म रहेको हुँदा पुनः जेठ २२ गते राती १२:०० सम्मका लागि तेस्रो पटक निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी सुनिल खनालले भने, ‘जेठ १५ गते राति २२ बजेदेखि थप गरिएको लकडाउनमा कडाइ गरिएकोले अति आवश्यक काम बाहेक घरबाट बाहिर निस्कन दिइने छैन ।’
प्रमुख जिल्ला अधिकारी खनालले थपे,तेस्रो पटक थपिएको निषेधाज्ञामा क भिड सम्बन्धी बनेको अध्यादेशको पूर्ण पालना नगरी बाधा अवरोध गरे एक वर्ष कैद अथवा पाँच लाख जरिवाना, अध्यादेशमा भएको मापदण्ड पालन नगरे छ महिना कैद अथवा तीन लाख जरिवाना , अध्यादेश बमोजिम दिएको आदेश पालन नगरे व्यक्तिको हकमा एक लाख र सङ्घ संस्थाको हकमा पाँच लाख जरिवाना गरिने छ। त्यस्तै मास्क नलगाई हिँडेमा एक पटकको सय रुपैयाँ र पटक पटक भेटिएमा पटक सय रुपैयाँका दरले जरिवाना गरिने छ ।
बिना पास मोटरसाइकल चलाएमा पटककै पिच्छेको दुई हजार र चार पाङ्ग्रेको हकमा पटक पिच्छे पाँच हजार जरिवाना गरिने छ। अध्यादेश विपरीत काम गर्ने सङ्घ-संस्था र व्यवसायीलाई छ महिनासम्म बन्द गर्ने सम्मको निर्णय जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन समितिले गरेको छ।'
निषेधाज्ञाको पूर्ण पालना नगरे जिल्ला क भिड -१९ सङ्कट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश बनेको २०७८ र स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कडा कारबाही गरिने प्रमुख जिल्ला अधिकारी खनालले हाम्रा कुरालाई जानकारी दिए । जिल्लामा कोरोना भाइरस कोभिड १९ को संक्रमण दर उच्च रहेका कारण संक्रमणको रोकथाम र नियन्त्रणका लागि निषेधाज्ञामा थपिएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ।
नयाँ भेरियन्ट सहितको कोरोना संक्रमण फैलिए देखि जिल्लामा एक हजार १९ जनामा कोरोना पुष्टि भएको र अहिले ४ सय ४६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय डोटीका निमित्त प्रमुख उद्धव बहादुर ठगुन्नाले जानकारी दिए।