arrow

च्याम्पियन्स लिग फाइनल: चेल्सी र सिटीबीच भिडन्त , कसले मार्ला बाजी ?

logo
हाम्राकुरा डेस्क
प्रकाशित २०७८ जेठ १५ शनिबार
champions-league-final-21.jpg

काठमाडौं। युरोपियन फुटबलको ठुलो प्रतियोगिता च्याम्पियन्स लिगको फाइनलमा दुई ईङलिश टोली म्यानचेस्टर सिटी र चेल्सी भिड्दै छन्। चेल्सीले यसअघि सन् २०१२मा उपाधि जितेको थियो भने सिटी पहिलो उपाधिको खोजीमा रहेको छ। पोर्चुगलको पोर्टोमा हुने फाइनलमा उपाधिका लागि भिडन्त हुनेछ।

सिटीले यसपालिको प्रिमियर लिग उपाधि जितिसकेको छ भने चेल्सीले चौथो स्थानमा चित्त बुझाएको छ। दुई टोलीबीचको भिडन्त रोमाञ्चक हुने निश्चित रहेको छ। पछिल्लो समय राम्रो प्रदर्शन गरिरहेको चेल्सीले सिटीलाई स्तब्ध बनाउने सम्भावना उतिकै छ जति सिटीले चेल्सीलाई पराजित गर्ने सम्भावना पनि उतिकै रहेको छ।

कोभिड-१९का करणले दर्शक विहीन खेल खेलिरहेका टोलीहरूलाई केही राहत हुने भएको छ। फाइनलमा दर्शकहरूले स्टेडियममा प्रवेश पाउने भएका छन्। अन्तिम समयमा टर्कीको इस्तानबुलमा हुने भनिएको फाइनल पोर्चुगलको पोर्टोमा सारिएको थियो। कोभिड-१९का कारण खेल इस्तानबुलबाट पोर्टो सारिएको हो।

फाइनल हेर्नका लागि १६ हजार ५ सय दर्शकहरूले मैदान प्रवेश गर्न पाउने छन् जुन कुल क्षमताको ३३ प्रतिशत रहेको छ। दुवै टोलीका ६-६ हजार समर्थकहरूले स्टेडियममा प्रवेश पाउने छन्।

म्यानचेस्टर सिटीका खेलाडीहरू उच्च फर्ममा रहेका छन्। त्यो फर्म भने चेल्सी विरुद्धको अन्तिम दुई खेलमा देखिएको छैन। दुवै खेलमा चेल्सीले सिटीलाई पराजित गरेको छ। चेल्सीले एफए कपको सेमिफाइनलमा र प्रिमियर लिगको खेलमा सिटीलाई पराजित गरेको हो।

च्याम्पियन्स लिग फाइनलसम्मको बाटोमा दुवै टोलीले बलिया युरोपियन टोलीहरूलाई पाखा लगाएका हुन्। चेल्सीले सेमिफाइनलमा स्पेनको बलियो क्लब रियाल मड्रिडलाई पराजित गरेको हो भने सिटीले फ्रेन्च क्लब पिएसजीलाई पराजित गरेको हो। खेलहरू जहिल्यै अनिश्चित हुने गर्दछन् र त्यहिकारण खेलहरूमा प्रशंसकहरू हुने गर्दछन्। जसले त्यो क्षण मैदानमा राम्रो प्रदर्शन गर्‍यो उल्ले खेल जित्ने हुँदा फाइनलमा जल्ले राम्रो प्रदर्शन गर्‍यो उल्ले जित्ने सिधा आङ्कलन गर्ने गरिन्छ ।

फाइनलसम्मको यात्रामा चेल्सीले २५ गोल गरेको छ भने सिटीले २२ गोल गर्दै यो यात्रा तय गरेको हो। दुवै टोलीको रक्षात्मक पङ्क्ति सशक्त रहेको छ। सिटीले समूह चरणमा १ गोल र नकआउट चरणमा ४ गोल मात्र खाएको थियो भने चेल्सीले समूह चरणमा २ र नकआउटमा ४ गोल मात्र खाएको थियो।

कुनै पनि प्रतियोगितामा हरेक खेल महत्त्वपूर्ण हुने गर्दछन् तर फाइनलमा भने छुट्टै दबाब हुने गर्दछ। फाइनल जितेमा तपाई विजेता हो पराजित भएमा तपाईँको सुरुवातदेखिको बिजय यात्राको कुनै मूल्य रहँदैन। यो दबाब जल्ले राम्ररी सम्हाल्यो उल्ले खेल जित्ने गरेको देखिन्छ।

चेल्सीमा फ्रान्क लाम्पार्डलाई विस्थापित गर्दै थोमस टुचेलको आगमनले प्रदर्शनहरूमा राम्रो प्रभव परेको देखिन्छ। पिएसजी सम्हालेका टुचेलले चेल्सी सम्हाल्न जनवरी २०२१मा शुरु गरेका हुन्। उनको जादु यस्तो चल्यो कि उनले प्रिमियर लिगमा चेल्सीलाई चौथो स्थान दिलाए भने च्याम्पियन्स लिग फाइनल पुर्‍याएका छन्। टुचेलकै नेतृत्वमा चेल्सीले एफए कपमा पनि दोस्रो स्थान हासिल गरेको हो। चेल्सी फाइनलमा लेस्टर सिटीसँग पराजित भएको थियो।

सन् २०१६देखी पेप ग्वार्डिओलाको नेतृत्वमा रहेको सिटीले तीन प्रिमियर लिग उपाधि,एउटा एफए कप, चारवटा लिग कप र २ वा कम्युनिटी शिल्डको उपाधि जितिसकेको छ। ग्वार्डिओलाको नेतृत्वमा सिटीले २ सय ९३ खेल खेलिसकेको छ। २ सय ९३मा २१५ खेलमा विजयी रहेको छ भने ३६ खेल बराबर र ४२ खेलमा पराजय ब्योहोरेको छ। सिटीलाई उनले ७३.३८ प्रतिशत सफलता दिलाएका छन्।

चेल्सी र सिटीका बीच अहिलेसम्म १ सय ५१ खेल खेलिएका छन् । जस्मा चेल्सी ६१ खेल जितेको छ भने सिटीले ५१ खेल, त्यसैगरि ३९ खेल बराबरीमा सकिएका छन्।

दुवै टोलीमा उत्कृष्ट खेलाडीहरु रहेका छन् र उनीहरु उत्कृष्ट लयमा पनि रहेका छन्। चेल्सीका लागि मेसन माउण्ट, हाकिम जियच, टिमो वेर्नर, एन्जेलो कांटे फर्ममा रहेका छन् भने सिटीका तर्फबाट केविन डे'ब्रुनी, फिल फोडेन, रियाद महरेज, फेरान टोरेस, बर्नान्डो सिल्भा जस्ता खेलाडीहरु रहेका छन्।

खेलाडिहरुको फर्म र खेलको दौरान कति कम गल्तीहरू हुन्छन् त्यसले निर्धारण गर्नेछ विजेता । ठुला खेलहरूमा सबै खेलाडीहरूले प्रेसर सम्हाल्न सक्छन् भन्ने हुँदैन जल्ले उक्त प्रेसरलाई सम्हाल्यो त्यो टोलि बिजेता हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ