- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । इराक विरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपालले दुई गोल गरेको छ । शनिबार राति बसरास्थित अल्फायहा अन्तर्राष्ट्रिय मैदानमा नेपाल इराकसँग ६–२ गोल अन्तरले पराजित भएको छ ।
नेपालमा लागि डेब्यु खेलमै मनिष डाँगीले एक गोल गरे । एक गोल भने इराकी खेलाडी अहमेद इब्राहिम खलाफले एउटा आत्मघाती गोल गरे ।
घरेलु् मैदानमा इराकलाई जित दिलाउन अयमन हुसेन गबधनले दुई गोल गरे । कप्तान अला अब्दुल जहर खासिन, मोहमद अब्दुल्जारा ओबेद, मोहनद अलि र सजाद जासिमले एक एक गोल थपे ।
खेलको सातौं मिनेटमै कप्तान खासिनले गोल गरेकामा त्यसको एक मिनेटमै अन्जन बिष्टको प्रहार क्लियर गर्ने क्रममा इराकका खलाफले आत्मघाती गोल गरेका थिए ।
इराकलाई दबाबमा राख्ने क्रममा खेलको २९ औं मिनेटमा मनिषले गोल गर्दै नेपाललाई २–१ अग्रता दिलाए । तर त्यसपछि भने इराकले पाँच गोल थप्यो र ६–२ ले खेल जित्यो ।
नेपाल इराक समीकरण
यो हारसँगै नेपाल इराकसँग चौंथो भेटमासमेत पराजित भएको हो । यस अघिको तीन भेटमा समेत नेपाल पराजित भएको थियो ।
नेपाल र इराकबीच १९ वर्षपछि भेट भएको हो ।
सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसिया कप छनोट अन्तर्गत बाँकी खेलको तयारीका लागि नेपालले फिफा वरीयतामा १ सय ३ औं स्थान माथिको टिम इराकसँग मैत्रीपूर्ण खेल खेलेको हो ।
अब नेपाली टिम विश्वकप छनोटका लागि कुवेत जाने छ ।
समूह ुबीु मा रहेको नेपालले अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले जुन ३ मा ताइपेइ, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ ।
नेपाल जुन १२ मा नेपाल फर्कने छ । यी खेलहरु घरेलु दशरथ रंगशालामा हुनुपर्ने भए पनि कोरोनाका कारण स्थान परिवर्तन भएको हो ।