arrow

बजेटप्रति जबाफदेही छौँ : अर्थमन्त्री पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १६ आइतबार
finance-minister-bishnu-poudel.jpg

काठमाडौँ। अर्थमन्त्री  विष्णुप्रसाद पौडेलले बजेट कार्यान्वयन गरेर देखाउने बताएका छन्। 'बजेट सुनाउनका लागि होइन। कार्यान्वयनका लागि ल्याइएको हो।अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले भन्नु भयो-'बजेटप्रति जबाफदेही छौँ।' अर्थमन्त्री पौडेलले प्रतिनिधिसभा नभएका बेला संवैधानिक प्रावधान अनुसार बजेट प्रस्तुत गरेको उल्लेख गर्दै त्यसमा दुबिधा नराख्न आग्रह गरे। उनले कुनै ठाउँमा बसेर केही नेताले वक्तव्य दिँदैमा सरकारको वैधानिकता खण्डित नहुने बताए।

अर्थमन्त्री पौडेलले संविधान अनुसार ल्याउनै पर्ने भएर जेठ १५ गते बजेट ल्याएको भन्दै मतदाता प्रभावित गर्नका लागि बजेट नल्याएको स्पष्ट पारे। कोभिड-१९ ले सिर्जना गरेको चुनौतीलाई सामना गर्ने गरी बजेट आएको भन्दै उनले समयमा खोप ल्यायो भन्ने गरी काम गर्ने बताए। अर्थमन्त्री पौडेलले बजेटको कार्यान्वयनका लागि व्यवस्थित योजना बनाएर अघि बढ्ने जानकारी दिए।

अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले कोभिड१९ को रोकथाम, नियन्त्रण र उपचारका साथै खोपको व्यवस्था गरेपछि आर्थिक पुनरुत्थान हुने विश्वासकारसाथ बजेट आएको बताए। राजस्व सचिव रामशरण पुडासैनीले नयाँ कर लगाएको नभई कानुन बमोजिम सामान्य समायोजन गरेको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ